शिक्षकलाई हाजिर गराउने विषयमा लफडाः प्रहरीकै अगाडि मेयरद्वारा अधिकृतलाई गोली हान्ने धम्की

जनकपुर– धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएका छन्। मेयर दासले प्रहरीकै अगाडि साहलाई गोली हान्ने धम्की दिएका हुन।

शिक्षा सेवा आयोगबाट सिफारिस भइ आएकी एक शिक्षिकालाई हाजिर गराएको विषयमा प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिईएको हो। यस विषयमा दासका छोरा रामभजनले साहलाई कार्यकक्षमै कुटपिटसमेत गरेका थिए।

जानकारी अनुसार अधिकृत साहले सोमबार शिक्षिकालाई हाजिर गराएका थिए। त्यसपछि सामभजन साहको कार्यकक्षमै पसेर गालीगलौज गरी कुटपिट गरेका थिए। यस विषयमा साहले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे। छोराविरुद्ध उजुरी गरेपछि रन्थनिएका मेयर दासले मंगलबार आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएको उनले गुनासो गरे।

कार्यालयमै आफु असुरक्षित भएकाले जिल्ला प्रहरी कार्यालयमा सुरक्षाका लागि निवेदन दिएको तर प्रहरीकै अगाडि गोली हान्ने धम्की दिँदा समेत प्रहरी मुकदर्शक बनेको उनको गुनासो छ। यो प्रकरणपछि साहले फेरी जिल्ला प्रहरी र जिल्ला प्रशासनमा शान्ति सुरक्षा माग गरेका छन्।

साह २ माघमा विदेह नगरपालिकामा हाजिर भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट