पञ्चायत कालमै स्वतन्त्र उठेर दोब्बर मतान्तरले राष्ट्रिय पञ्चायत सदस्य जितेकी नानीमैयाँ दाहालको निधन

काठमाडौँ– राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको सोमबार ९२ वर्षको उमेरमा मृत्यु भएको छ। निमोनिया रोगबाट ग्रसित दाहालको काठमाडौँस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

०३८ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा तत्कालिन पञ्चायतकालिन शक्तिशाली नेता जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएकी थिइन्। स्वतन्त्र उठेर यति धेरै मत ल्याएर निर्वाचित भएपछि उनको चर्चा चुलिएको थियो। १९९० सालमा जन्मिएकी र सानैदेखि विद्रोही स्वभावकी दाहाल ०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च निर्वाचित भएकी थिइन्। त्यतिवेला मणिराम चालिसे प्रधानपञ्च थिए।

उनले साल्ट ट्रेडिङमा एक माना तेल र नुत लिन घन्टौँ बस्नुपर्ने लाइन व्यवस्थित गरिन्। सुकम्बासीहरूलाई बस्ती बसाउने, भूमिसुधार लागू गरेर भूमिहीनहरूलाई जग्गा दिलाउने, कसैलाई दुःख पीडा भयो भने समाधान गर्नेलगायतका सामाजिक काम गरेपछि उनको लोकप्रियता झनै बढेको थियो।

सानै उमेरमा विवाह भएर छुटेकी नानीमैयाले त्यसपछि भने एकल जीवन बताइन्। शासकलाई मुखभरीको जवाफ दिने, नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने र आफ्ना कुरा नछोड्ने उनको अभ्यासले ‘पञ्चायतका शासक थर्काउने’ पहिचान बनेको थियो।

तत्कालीन मालेको स्थानीय नेतृत्वले ०३८ सालको निर्वाचनमा ‘नकारात्मक भोटिङ’को अभ्यास ग¥यो। चुनावमा काठमाडौँबाट पद्मरत्न तुलाधरलाई उठाउने विचार गरेको थियो। तर, अन्तिम समयमा ०३७ को जनमत संग्रहमा जस्तै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिस्कारको नीति लियो। पार्टीले चुनावमा भाग लिन नपाउने भएपछि मालेका युवा नेताहरुले उट्पट्याङ मान्छे (नकारात्मक भोट) लाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले।

यहीक्रममा गोल्चे सार्कीले नामनीमैया दाहाललाई असनमा रहेको पार्टी अफिसमा पु¥याए। गोल्चे पनि बहुदल आएपछि चर्चाका पात्र हुन। प्रतिनिधिसभामा कांग्रेस नेता रामचन्द्र पौडेललाई मुक्का हानेपछि उनको खुवै चर्चा भएको थियो। मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्ने, रिस उठ्यो भने साडी उचालेर देखाइदिने लगायतका नानिमैयाका क्रियाकलापलाई पञ्चायतलाई ब्यंग्य गर्ने उचित उम्मेदवारको न्युनतम योग्यताका रुपमा तत्कालिन मालेका नेताले लिए।

नेताहरुले फकाउँदा उनी पनि उम्मेदवार बन्न सहजै तयार भईन। चुनावको परिणाम आउँदा नानीमैयाको चुनाव चिन्ह घडीमा अत्यधिक मत खस्यो। काठमाडौंबाट प्रत्यक्ष निर्वाचित हुने दुई सांसदमध्ये नानीमैयाले ६५ हजार ७ सय ७७ मत पाएकी थिइन। पञ्चायतकालमा उपत्यकामा हालिमुहाली जमाएका जोगमेहर श्रेष्ठलाई उनले हराइन्। लहलहैमा चुनाव लडेकी उनी राष्ट्रिय पञ्चातमा प्रवेश गरिन। उनले राष्ट्रिय पञ्चायतमा पाँच वर्ष (०३८ देखि ०४२ सालसम्म) बिताएकी थिईन।


प्रतिक्रिया

One thought on “पञ्चायत कालमै स्वतन्त्र उठेर दोब्बर मतान्तरले राष्ट्रिय पञ्चायत सदस्य जितेकी नानीमैयाँ दाहालको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट