गायिका एलिना चौहानलाई दुबईबाट धम्कीः तिम्रो लाइफमा ठूलो दुर्घटना हुन्छ, याद राख

काठमाडौँ– गायिका एलिना चौहानलाई ‘लाइफमा ठूलो दुर्घटना हुन्छ’ भन्दै धम्की आएको छ। मोरङ घर भई हाल युएईमा बस्ने दिपक बराईली नामका ब्यक्तिले उनलाई धम्की दिएका हुन।

आफनो नामको दुरुपयोग गरी ठगी गरेको भन्दै फेसवुक मार्फत भीडीओ सार्वजनिक गरेपछि बराईलीले भ्वाईस म्यासेज पठाएर एलिनालाई धम्की दिएका हुन। धम्कीको भ्वाईस म्यासेज पनि एलिनाले फेसवुक मार्फत सार्वजनिक गरेकी छिन्।

बराईलीले एलिनालाई पठाएको भ्वाईस म्यासेजमा भनिएको छ–‘बलेको आगो छौ। सबैले ताप्छन्, तिम्रै कुरा सुन्छन। त्यही भएर तिमि माथि छौ। यसको लेखाजोखा नेपाल आएर पनि हुन्छ। सँगसँगै तिम्रो लाईफमा नि वहिनी हरेक कुराहरुमा चै दुर्घटना घट्छ बाबु। यो कुरा चै लेखेर राख्नु वहिनी है। चाहे मलाई सजाय जेसुकै होस्, चाहे जेल पनि जाऊँला । जेसुकै भए पनि बहिनी, लाइफमा यतिचाहिँ याद गर्नू, यति कुराले तिम्रो लाइफमा ठूलो दुर्घटना घट्छ।।’

बराइलीले अगाडि भनेका छन्–‘योचाहिँ ढुक्क हौ, यो लेखेरै राख। यो कहिले पनि डिलिट नहुने गरी सेभ गरेर राख। यो धम्की नसम्झिनू बैनी, यो सुझाव हो। एड्भाइस हो।’

सुरुमा एलिनाले बराइलीले आफ्नो पारिश्रमिक लिएर ठगेको भन्दै अरुलाई पनि त्यस्तो हुन सक्ने भन्दै कलाकारलाई सचेत गराएकी थिइन्। ‘आफू एलिनाको म्यानेजर हुँ’ भन्दै बराईलीले आयोजकसँग पैसा लिएर ठगी गरेको उनको आरोप थियो।

एलिनाले सार्वजनिक गरेको पछिल्लो भीडीओमा आफू ठगीमा परेको र धम्की आएको विषय सार्वजनिक हुदा पनि बराइलीलाई पक्राउ नगरिएको गुनासो गरिएको छ। आफूसँग समय नभएकाले प्रहरीमा जान नपाएको उनको भनाई छ।

‘मैले भिडियो पोस्ट गरेपछि उहाँ (दीपक बराइली)का अरू पनि थुप्रै कर्तुतहरू आइरहेका छन्। तर, यति हुँदा पनि कसैले समात्न सक्दो रहेनछ।’ उनले भनेकी छिन्। तर, यो प्रकरणमा उनले हालसम्म प्रहरीमा उजुरी भने नदिएको पाईएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उजुरी नआएको र उजुरी आए अनुसन्धान गर्ने बताए।

व्यक्ति–व्यक्तिका सामाजिक सञ्जालका घटना खोज्ने नगरिएको बताएका उनले भने–‘उजुरी आएको खण्डमा छुट्टै कुरा हो, तर फेसबुकमा आएको र सुनेकै भरमा हामीले एक्सन लिन सक्दैनौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट