विवाहमा झडप हुँदा १ युवकको मृत्यु, दुई जना पक्राउ

काठमाडौँ– बाँकेको बैजनाथ गाउँपालिका स्थित एक विवाह कार्यक्रम झडप हुँदा एक युवकको हत्या भएको छ। बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या भएको हो।
गत शुक्रबार (२५ माघ) राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा दिनेशसहित ६ जनामाथि कुटपिट भएको थियो। कुटपिटबाट दिनेश गम्भीर घाइते भएका थिए।
उनको कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि भारतको लखनउमा उपचार भईरहेको थियो। उपचारकै क्रममा आइतबार (२७ माघ) बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका ५ जनाको कोहलपुरकै मेडिकल कलेजमा उपचार भईरहेको छ। हत्या आरोपमा प्रहरीले बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
प्रतिक्रिया