फर्पिङमा स्कूल बस दुर्घटना हुँदा घाइते भएका एक विद्यार्थी र चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको दक्षिणकाली नगरपालिका–३, फर्पिङमा स्कूल बस दुर्घटना हुँदा घाइते भएका एक विद्यार्थी र चालकको मृत्यु भएको छ।
जुनकिरी इङ्लिस स्कूलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेका बस चालक ४० वर्षीय रामकृष्ण थापा मगर र एक विद्यार्थीको मृत्यु भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार मृतक विद्यार्थी ८ वर्षीय विपिन श्रेष्ठको हुन।
एसपी बोहराका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा विद्यार्थीको मृत्यु भएको हो। बसमा ५० विद्यार्थी सवार स्कुल बस आइतबार अपराह्न दुर्घटना भएको हो। विद्यालय छुट्टी भएपछि विद्यार्थीलाई घर पु¥याउने क्रममा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट धेरै तल खसेको छ।
प्रतिक्रिया