काठमाडौँमा ५० जना विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, केही विद्यार्थीको अवस्था गम्भिर

काठमाडौँ– काठमाडौँमा ५० जना विद्यार्थी बोकेको स्कुल बस आइतबार अपराह्न दुर्घटना भएको छ। दक्षिणकाली नगरपालिका–३, फर्पिङस्थित जुनकिरी स्कूलको बस दुर्घटना भएको हो।
विद्यार्थीलाई घर लाँदै गरेको बा १ क ५६६४ नम्बरको स्कूल बस दुर्घटना भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार बसमा ५० जना विद्यार्थी सवार थिए।
उनका अनुसार घाइते विद्यार्थीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। घाइतेमध्ये केही विद्यार्थी गम्भीर छ। विस्तृत जानकारी अझै आईसकेको छैन।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जयकुमार रावतका अनुसार स्कूल छुट्टी भएपछि विद्यार्थीलाई घर पु¥याउने क्रममा बस दुर्घटना भएको हो। बस सडकबाट धेरै तल खसेको छ।
प्रतिक्रिया