काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, २३ जना घाईते

चितवन — नारायणगढ–मुग्लिन सडकको भरतपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सेती दोभानमा सडकदेखि तल खोल्सामा खसेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने पाँच बजे बस दुर्घटनामा परेको हो। बसमा २८ जना यात्रु थिए। २३ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुरका अस्पताल लगिएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्स्पेक्टर निरला भण्डारीका अनुसार ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अनुमान छ।
प्रतिक्रिया