२७ वर्षपछि दिल्लीमा भाजपाले मुण्टो उठायो, ३ पटक मुख्यमन्त्री बनेका केजरीवाल पनि पराजित

काठमाडौँ– कुनै समय भारतको राजनीतिमा सुनामी ल्याएका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल चुनाव हारेका छन्। दिल्ली विधानसभा निर्वाचनमा उनले पराजय भोग्नु परेको हो।

भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश वर्मासँग चार हजारभन्दा बढी भोटको अन्तरले केजरीवाला चुनाव हारेका हुन। भारतीय राष्ट्रिय कांग्रेसका उमेदवार सन्दीप दीक्षित तेस्रो भएका छन्।

सन् २०१३ र २०१५ मा नयाँ दिल्लीमा ३ पटक मुख्यमन्त्री भइसकेकी शीला दीक्षितलाई केजरीवालले चुनाव हराएका थिए। सोही सिटमा अहिले प्रवेश साहिब सिंह वर्माले केजरीवाललाई धुलो चटाए।

बर्माले कुल ३० हजार ८८ मत प्राप्त गर्दा केजरीवाल २५ हजार ९९९ मतमा सिमित भए। उनीहरुको जित–हारको अन्तर ४ हजार ८९ मतको छ। तेस्रो भएका कांग्रेसका दीक्षितले ४ हजार ५६८ मत प्राप्त गरे।

योसँगै २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) को उदय भएको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ।

को हुन् बर्मा ?
३ पटकसम्म दिल्लीको मुख्यमन्त्री बनेका केजरीवाललाई हराउने बर्माको नाम भावी मुख्यमन्त्रीका रूपमा चर्चामा आएको छ। ४७ वर्षीय बर्मा पूर्वमुख्यमन्त्री तथा भाजपाका पूर्वउपाध्यक्ष साहिब सिंह बर्माका छोरा हुन्।

महरौलीबाट सन् २०१३ मा दिल्ली विधानसभामा निर्वाचित बर्मा सन् २०१४ देखि दुई कार्यकाल लोक सभाका सदस्य थिए। तीन दशकदेखि भाजपामा सक्रिय बर्माले गत जनवरी मध्यमा आफ्नो चुनावी अभियान सुरू गरेका थिए। त्यसको केही साताअघि उनले नयाँदिल्लीका झुपडी (झुग्गी झुपडी) मा बस्ने स्थानीयका आवश्यकताहरू पत्ता लगाउन विभिन्न स्थानमा पुगेका थिए।

चुनावी प्रचारका क्रममा समर्थकले उनलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारे। उनले चुनावी अभियानका क्रममा साबरमतीको जस्तै यमुना नदीमा रिभरफ्रन्ट बनाउने, झुपडीमा बस्नेलाई घर दिने, पूर्वाधार निर्माण गर्ने, ५० हजारलाई सरकारी जागिर, फ्लाईओभर र प्रदूषणमुक्त राष्ट्रिय राजधानी बनाउने लगायतका थुप्रै वाचा गरेका छन्।

यतिमात्रै होईन, बर्माले मुख्यमन्त्रीको सरकारी निवासको मुद्दा पनि उठाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट