हजुरबुबाको बन्दुक खेलाउँदा दाईले चलाएको गोली लागि भाईको मृत्यु

काठमाडौँ– दाङमा १० वर्षीय बालकले चलाएको भरूवा बन्दुकको गोली लागेर उनकै ९ वर्षीय भाईको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–३, ठुटासम्बाका १० वर्षीय शिशिर केसीले चलाएको बन्दुकको गोली लागेर भाई भुवन केसीको मृत्यु भएको हो।
हजुरबुबा ६२ वर्षीय भुविन्द्र खत्रीले लोड गरेर घरमा राखेको एकनाले भरुवा बन्दुक लिएर उनीहरु खलोमा खेल्न गएको र सोही क्रममा घट्ना भएको पाईएको छ। बिहान करिव ११ बजे शिशिरले चलाएको गोली भुवनको दायाँ कन्चटमा लागेको थियो।
गोली लागेर बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर बिनोदराज खत्रीले जानकारी दिए। प्रहरीले हजुरबुबा भुविन्द्रलाई पक्राउ गरेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर खत्रीले बताए।
प्रतिक्रिया