विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु

विराटनगर– विराटनगरमा शनिबार दिउँसो मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१०, सोमबारे चोकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकल र बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटर ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कोशी अस्पताल पु¥याईएको थियो। चिकित्सकले उनले मृत घोषणा गरेको मोरङ ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन्। उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको लम्सालले जानकारी दिए।
तिव्र गतिका कारण मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीको जनाएको छ।