सप्तरी प्रहरीद्वारा ७२६ किलो गाँजा बोकेको स्कारपियो नियन्त्रण, एउटा स्कारपियो फरार

राजविराज— सप्तरी प्रहरीले शुक्रबार राति ७ सय २६ किलो गाँजासहित एउटा स्कारपियो नियन्त्रणमा लिएको छ।

बोदेवरसाइन नगरपालिका र वलान विहुल गाउँपालिकाको सिमानामा रहेको विहुल नदीको पुल नजिकबाट उक्त गाँजा र गाडी नियन्त्रणमा लिईएको हो।

सप्तरी प्रहरीका अनुसार प्र १–०२–००२–च ५८३४ नम्बर र अर्को नम्बर नखुलेको स्कारपियो प्रहरीले चेकजाँचका लागि रोकेको थियो। नम्बर नखुलेको स्कारपियो फरार भएको र प्र.१–०२–००२ च ५८३४ न. को स्कार्पियो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त स्कारपियोका चालक पनि गाडी र गाँजा छोडेर फरार भएको सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उक्त गाडीमा ३० ओटा प्लाष्टिकको बोरामा प्याक गरिएको ७ सय २६ किलो गाँजा बरामद भएको उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट