अस्ट्रेलिया जाने खर्च जुटाउन ५० वर्षीय व्यवसायीलाई बलात्कारको आरोप, पैसा नदिएपछि छोरालाई धम्की

काठमाडौँ– बलात्कारको आरोपमा फसाई दिने धम्की दिएर कुकर बनाउने ५० वर्षीय ब्यक्तिसँग पैसा असुल गरेको आरोपमा प्रहरीले चितवनको रत्ननगर नगरपालिका–८ की २८ वर्षीया अस्मिता आचार्यलाई २२ माघमा पक्राउ गरी हिरासतमा राखेको छ।

काठमाडौँ महानगरपालिका–१३ कुलेश्वरमा वस्दै आएकी अश्मिता अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छिन्। घट्नाको बारेमा अनुशन्धान गरिरहेको प्रहरी उनको योजना थाहा पाएर झनै आश्चर्यमा परेको छ।

प्रहरीका अनुसार बिबिएसम्मको अध्ययन गरेकी अश्मिताका पति अस्ट्रेलियामा छन्। पतिसँग अष्ट्रेलिया नै जाने उनको तयारी थियो। त्यसका लागि पैसाको जोहो गर्नु पर्ने भएपछि उनले ‘हनिट्रयाप’को सहज उपाय रोजेको पाईएको छ। उनले योजना अनुसार नै कुकर मर्मतकर्तालाई फसाएको पाईएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काले बताए।

प्रहरीका अनुसार करिब ४ महिनाअघि अस्मिता कुलेश्वर स्थित एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा पुगेकी थिईन। उनले त्यहाँ राइसकुकर मर्मत गर्नुछ भन्दै मर्मतकर्ताको फोन नम्बर लिइन्। फोनमा कुराकानी गर्न थालिन। अर्कोपटक हटपट मर्मत गराउन गइन्। त्यसपछि उनको पसलका सञ्चालक तथा मर्मतकर्तासँग सम्वन्ध बढाउन थालिन। हुँदा हुँदै उनीहरुको सम्वन्ध ऋण सापट लिने÷दिने अवस्थासम्म पुग्यो।

सुरुमा चार–पाँच हजारबाट सुरु भएको ऋणको कारोवार २ लाखसम्म पुग्यो। त्यसपछि भने पसल सञ्चालकले आनाकानी गर्न थाले। त्यसपछि अस्मिताले ती ब्यक्तिलाई खाजा खाने भन्दै ठमेलसम्म पु¥याईन। यो सिलसिला चल्दै गयो, सम्वन्ध अझै झांगिदै गयो। यसैक्रममा एकदिन उनले ‘सिनामंगल तिर होटलमा गएर बस्ने’ प्रश्ताव राखिन।

ती ब्यक्ति पनि तयार भए। योजना अनुसार दुवैजना होटल पुगे। त्यहाँ पुगेपछि भने अस्मिताले ‘१० लाख रुपैयाँ नदिए बलात्कार मुद्दामा फसाउँछु’ भन्न थालिन। तर, ति ब्यक्तिले पैसा दिएनन्। त्यसपछि अश्मिताले उनका छोरालाई फेसवुकमा म्यासेज गरेर ‘तिम्रा बुवाले मलाई बलात्कार गरे, प्रहरीमा उजुरी दिन्छु’ भन्दै धम्क्याउन थालिन।

परिवारसम्मै कुरा पुगेपछि ती ब्यक्ति १० लाख दिन तयार भए। ३ लाखको चेक दिए भने बाँकी पैसा एक सातामा दिने बाचा गरे। यो कुरा प्रहरीलाई पनि जानकारी गराईयो। यो कुराको जानकारी पाएपछि अश्मिताको कृयाकलाप नियालीरहेको प्रहरीले उनलाई चेकसहित पक्राउ गरेको हो।

प्रहरीसँगको बयानका क्रममा उनले अस्ट्रेलिया जाने खर्च जुटाउन यस्तो योजना बनाएको बताएकी छिन्। प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर उनको विषयमा थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट