कुकर बनाउने मान्छेलाई ‘बलात्कारको आरोपमा फराउँछु’ भन्दै पैसा असुल गर्ने २८ वर्षीया अश्मिता पक्राउ

काठमाडौँ– पैसाका लागि मान्छे कति हदसम्म गिर्न सक्छ ? भन्ने उदाहरण बनेकी छिन् चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–१३, कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हनी ट्रयापमा संलग्न भएको आरोपमा टेकुबाट पक्राउ गरेको छ। उनले इलेक्ट्रिक सामानहरु विक्रि तथा मर्मत गर्ने ब्यक्तिलाई ‘कुकर बनाउँनु छ’ भन्दै बोलाएर ‘पैसा नदिए बलात्कारको उजुरी हाल्छु’ भन्दै धम्क्याएको पाईएको छ।

अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले ती व्यक्तिलाई पटक–पटक फोन गरेर बोलाएको तर पछि रकम माग गरेर नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेर रकम असुलेको आरोप प्रहरीको छ।

रकम नदिए प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको प्रहरीको दाबी छ।

पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट