लहान बजारमा डकैती गर्ने योजना बनाईरहेका १ भारतीयसहित ४ जना पक्राउ

लहान– सिरहाको लहानस्थित एक सुनचाँदी पसलमा डाका गर्ने योजना बनाउँदै गरेका १ भारतीय नागरिकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरहाको सुखिपुर नगरपालिका–८ का ४५ वर्षीय ईन्दल (इन्द्रनारायण चौधरी), लहान नगरपालिका–२२ का ३१ वर्षीय भैरव (देवकुमार मुखिया), लहान–४ का ४१ वर्षीय दिनेश विश्वकर्मालाई र भारतको पश्चिम बंगालस्थित हुगली जिल्ला, भगबतीपुर ग्राम पञ्चायत–७ का निरोज (मेहराज मोन्डल) लाई प्रहरीले पक्राउ गरेको हो।

लहान नगरपालिका–७ स्थित लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाका गर्ने योजना बनाएको सूचनाको आधारमा उनीहरुलाई २२ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–७ बाट उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुविरुद्ध लहान नगरपालिका–७ का ४५ वर्षीय विकासकुमार शारदाले जाहेरी दिएको डीएसपी पासवानले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट