नोभा हस्पिटलको शौचालमा मृत भेटिए विरामी कुरुवा

काठमाडौँ– कैलालीको धनगढी स्थित नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक बुधबार राति मृत फेला परेका छन्।

कञ्चनपुरको वेदकोट नगरपालिका–६, सिसैयाका रविन्द्र रानालाई राति करिव २ बजे हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कवीन्द्रसिंह बोहराले रविन्द्र शौचालयमा मृत अवस्थामा फेला परेको पुष्टि गरे। उनी १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका थिए।

राति २ बजेतिर शौचालय गएका राना धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट