ब्यारेकमै मृत फेला परिन प्रहरी जवान, पति दुवईमा

काठमाडौँ– काठमाडौंको साँखुस्थित प्रहरी प्रभागमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छिन्।

बर्दिया घर भएकी प्रहरी जवान २३ वर्षीया निशा चौधरी बुधबार करिव साढे ११ बजे महिला ब्यारेकको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन।

उनले झुण्डिएर आत्महत्या गरेको देखिए पनि सुसाइड नोट या अन्य शंकास्पद बस्तु नभेटिएको प्रहरीले जनाएको छ।

विहान ५ बजे शालीनदी मेलाको ड्युटीमा गएकी हुन विहानको खाना खान व्यारेक पुगेकी थिईन। उनीसँगै व्यारेकको एकै कोठामा थप दुई महिला प्रहरी बस्ने गरेका थिए। अरुले शालीनदी मेला व्यवस्थापन समितिको मेसमा खाना खाए। तर, चौधरीले त्यहाँको खाना नखाई व्यारेकमै खाने भनी गएकी थिइन्।

मेलाको मेसमा खाना खाएर फर्किएका दुई महिला प्रहरीले लामो समयसम्म ढोका ढकढक्याउँदा पनि नखुलेपछि आल्मुनियमको झ्याल खोलेर हेरेका थिए। त्यसबेला उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरी बृत्त गौशालाबाट शालिनदी मेलाका निम्ति थप मद्दत टोलीका रुपमा उनी त्यहाँ खटिएको पाईएको छ। उनी विवाहित हुन। केसी खत्री थरका उनका पति ६ महिनादेखि वैदेशिक रोजगारका क्रममा दुबईमा छन्। उनीहरुका सन्तान छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट