सप्तरीमा दाजुको हत्या गरी भागेका भाई २० वर्षपछि पक्राउ

राजविराज– सप्तरीमा दाजुको हत्या गरी फरार भएका एक ब्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।
महादेव गाउँपालिका–२ का ३५ वर्षीय (हाल करिव ५५ वर्ष) उमेश रजकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनीमाथि दाजु ४० वर्षीय गणेशी रकजकको हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार १ माघ ०६१ को बिहान करिव ७ बजे गणेशी र उमेशका बीचमा झगडा भएको थियो। दाजुभाइबीच कुटपिट हुँदा गणेशीको मृत्यु भएको थियो।
दाजुको मृत्यु भएपछि भागेका उमेशलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भईरहेको डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
प्रतिक्रिया