गोलियाले किचेर २७ वर्षीय युवकको मृत्यु

विराटनगर– धनकुटामा गोलिया काठले किचेर एक युवकको मृत्यु भएको छ। चौबिसे गाउँपालिका–७ लोफादिनका २७ वर्षीय मौषम चेम्जाङको मृत्यु भएको हो।
चौबिसे गाउँपालिका–८ वसन्तटारमा बाटो माथि राखिएको गोलिया काठ झार्ने क्रममा मंगलबार अपरान्ह उनलाई किचेको थियो।
गोलियाले किचेर गम्भीर घाइते भएका चेम्जोङलाई उपचारका लागि धरानतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
इन्स्पेक्टर विष्णु खड्काका अनुसार काठ अन्यत्र लाने तयारी भईरहेका बेला घट्ना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिया