२ जना लागुऔषध कारोवारी पक्राउ गर्न झापामा प्रहरीले गोली चलायो, २ गोली लागेर एक जना घाईते

दमक– झापामा प्रहरीले ५ राउण्ड गोली चलाएर दुई जना लागू औषध कारोवारीलाई पक्राउ गरेको छ। कन्काई नगरपालिका–४ बाट पक्राउ गरिएका दुवै जना भारतीय नागरिक हुन।

प्रहरी स्रोतका अनुसार भारतीय नागरिक अन्जार आलम र उनका भाई युसुफ आलम पक्राउ परेका हुन। दुई मध्ये एकजनाको खुट्टामा दुई गोली लागेको छ। घाईतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी सई राधाकृष्ण दाहालले बताए।

लागूऔषधको कारोवार हुँदै गरेको सूचनाका प्रहरी टोली घट्नास्थलमा पुगेको थियो। प्रहरीलाई देखेपछि भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको हो। उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट