‘चुम्वन किङ’ उदित : जसले चर्चित गायिका श्रेया घोषाल, अलका याग्निक र नायिका करिश्मा कपूरलाई पनि छोडेनन्

काठमाडौँ– लाईभ कन्सर्टमा महिला फ्यानलाई ओठमै चुम्वन गरेका कारण ६९ वर्षीय गायक उदित नारायण अहिले सामाजिक सञ्जालमा चर्चाका विषय बनेका छन्।
उनले फ्यानलाई ओठमा चुम्वन गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ। कन्सर्टमा आफ्नो सुपरहिट टिप टिप बर्सा पानी’ बोलको गीत गाइरहेका बेला एक महिला फ्यान (युवती) सेल्फी खिच्न उनीनजिक आउँछिन्।
सेल्फी लिएपछि महिला फ्यानले उदित नारायणको गालामा चुम्बन गर्छिन्। त्यसपछि उदित नारायणले महिला फ्यानको ओठमा चुम्बन गर्छन्। त्यस अघि पनि उनले केही अन्य महिला फ्यानलाई अँगालो हाल्ने र चुम्बन गर्ने गरिरहेका थिए।
यही भिडिओ अहिले भाईरल भईरहेको छ। तर उदित नारायणले स्टेजमा कसैलाई चुम्बन गरेको यो पहिलो घट्ना भने होइन। चुम्बन उनको कमजोरी नै हो। चुम्वनकै कारण यसअघि पनि उनी विवादमा पर्दै आएका छन्।
उनले चर्चित गायिका श्रेया घोषाललाई चुम्बन गरिरहेको भिडिओ पनि अहिले भाईरल हुँदैछ। भिडिओमा उदित नारायणले स्टेजमा श्रेयालाई अवार्ड दिँदै गर्दा अचानक गालामा चुम्बन गरेको देखिन्छ। उदितको यो हर्कतले श्रेया छक्क परेकी छिन्।
गायिका अलका याग्निकलाई पनि उनले गालामा चुम्बन गरेका थिए। सामाजिक सञ्जालमै सार्वजनिक भिडिओमा अल्का एक गायन रियालिटी सोको स्टेजमा गाइरहेकी हुन्छिन्। त्यसैक्रममा उदित उनको नजिक पुग्छन् र गालामा चुम्बन गर्छन्।
यसैगरी, करिश्मा कपूरलाई समेत उदितले चुम्बन गरेको भिडियो अहिले भाइरल भइरहेको छ। उदित भने आफूले कुनै नराम्रो काम नगरेको भन्दै आफनो बचाउ गरिरहेका छन्। उनले भनेका छन्, ‘फ्यानहरू दिवाना हुन्छन्, यसमा यति धेरै ध्यान दिनु आवश्यक छैन।’
उदित नारायण भारतको बिहारस्थित सुपौल जिल्लाको बैस गोठ गाउँमा किसान परिवारमा जन्मिएका हुन। उनलाई रेडियो धेरै मन पथ्र्यो। बिहारबाट १० कक्षा उत्तीर्ण गरेपछि इन्टरमिडिएट गर्न उनी नेपालको राजधानी काठमाडौँ आएका थिए।
उच्च माध्यमिक शिक्षा पूरा गरेपछि उनले काठमाडौँको सरकारी रेडियो स्टेसनमा मासिक १०० रुपैयाँ तलबको जागिरका लागि आवेदन दिए। जसमा उनले नाम निकाले। उदित नारायण सन १९७८ मा मुम्बई गएका थिए। दुई वर्षपछि अर्थात् १९८० मा उनले फिल्म ‘युनिस बिज’मा पहिलो ठूलो ब्रेक पाए। यसमा उनले मोहम्मद रफीसँग एउटा गीत गाएका थिए।
सन १९८८ मा फिल्म ‘कयामत से कयामत’को ‘पापा कहते हैं’ गीतबाट उनी चर्चामा आए। त्यसयता उनी लगातार चलेका गायक हुन।