श्रीमतीसँगको मनमुटाबले १२ वर्षदेखि युएईबाट घर नफर्केका ४२ वर्षीय कुबेरको कम्पनीमै मृत्यु

काठमाडौँ– १२ वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत एक नेपाली आफु काम गर्ने कम्पनीमै मृत फेला परेका छन्। नुवाकोटको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी मृत अवस्थामा फेला परेका हुन।

उनको शव कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा फेला परेको जनाईएको छ। तिवारीसँगै काम गर्नेहरुले १८ माघमा मृत फेला पारेको उनका भाई हरिहरले जानकारी दिएका छन्। बेलकोटगढी १० का वडाध्यक्ष प्रल्हाद प्रसाद थपलियाका अनुसार तीवारी १२ वर्षदेखि यूएई गएका थिए।

घरमा श्रीमतीसँग सम्बन्ध राम्रो नएपछि उनी नेपाल आउन छाडेका थिए। उनकी श्रीमती पनि छोरासहित माईतीमै बस्दै आएकी छन्। १२ वर्षको अवधिमा कुबेर एक पटक मात्रै छुट्टीमा आएको जनाईएको छ। तर, परिवारका अन्य सदस्यसँग भने उनको नियमित सम्पर्क हुने गरेको जनाईएको छ।

भाइ हरिहरले भने कुबेरको मृत्युको कारक भाउजु (कुबेरकी श्रीमती) भएको बताएका छन्। भाउजु र अर्का एक पुरुषको कारण आफ्ना दाजुको मृत्यु भएको उनको भनाई छ। उनले जिल्ला प्रहरी कार्यालय नवाकोटमा दुवैजनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने तयारी गरेका छन्।

प्रहरीले नैे ‘शव आएपछि रिपोर्ट हेरेर सल्लाह गरौँला’ भन्दै उनलाई फिर्ता पठाएको जनाईएको छ। कुबेरको शव नेपाल ल्याउने तयारी भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट