झापा र मोरङमा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

दमक– झापामा आज मोटरसाईकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–१, जुके कल्भर्टमा आज बिहान मोटरसाईकल दुर्घटना भएको हो।

प्रहरीका अनुसार पूर्व जाँदै गरेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको हो।

दुर्घटनामा परेर टाउको र निधारमा चोट लागेका उनलाई गम्भिर अवस्थामा उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यसैगरी, हिजो मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा पूर्व जाँदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ७० वर्षीय फौदसिंह विकको मृत्यु भएको थियो।

बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले विकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का १९ वर्षीय अजाद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। उनीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट