कुम्भमेलाबाट जनकपुर फर्किदै गरेका तिर्थयात्री बोकेको स्कारपियो मुजफ्फरपुरमा दुर्घटना, ५ नेपालीको मृत्यु

काठमाडौँ– भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट जनकपुर फर्किँदै गरेको स्कारपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन्।

भारतको मुजफ्फरपुरमा शनिबार भएको दुर्घटनामा ५ नेपालीको मृत्यु भएको र ४ जना घाइते भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेहरुमा जनकपुरका मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र स्कारपियोको चालक रहेको जनाईएको छ। सृष्टि ठाकुर, कामिनी झा, मनोहर ठाकुर र एक जना अरु घाईते भएको जनाईएको छ।

सडकमा रहेको मोटरसाईकललाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको स्थानियवासीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट