एक जनालाई ४ जनाले कुटे, घाईते भएर लडेपछि आगो लगाएर डढाए

विराटनगर– तेह्रथुममा ४ जना युवाहरुको समुहले कुटपिट गरी आगो लगाएर एक ब्यक्तिको हत्या प्रयास गरेका छन्।

आठराई गाउककपालिका–५ छातेढुंगास्थित अर्चलेमा वडा नम्बर–४, इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईको हत्या प्रयास भएको हो। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर प्रमोद खड्काका अनुसार विहिबार साँझ अर्चलेमा मेला भरेर घर फर्कने क्रममा प्रसाईमाथि कुटपिट भएको थियो।

४ जनाको समूहले बाटो ढुकेर प्रसाईँमाथि कुटपिट गरेको खुलेको छ। तर, कारण खुलेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुटपिटबाट गम्भिर घाइते भई ढलेका प्रसाईलाई सेउला, खर र झिक्राले छोपेर आगो लगाइएको थियो। प्रसाईको टाउकोको देब्रे भाग डढेको छ।

प्रसाईँको उद्धार गरी शुक्रबार उपचारका लागि झापाको विर्ता सीटी अस्पताल ल्याईएको छ। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चारै जनालाई पक्राउ गरेको छ। तर, परिचय खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट