झापामा कुटपिट गरी एक ब्यक्तिको हत्या, एक जना पक्राउ

दमक– झापाको कमल गाँउपालिका–७ का ४५ वर्षीय देबलाल चौधरीको हत्या भएको छ।
स्थानीय पुन्यप्रसाद बास्तोलाको कुटपिटबाट चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत १७ माघमा ३७ वर्षीय बास्तोलाले चौधरीलाई कुटपिट गरेका थिए।
सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गर्दा घाइते भएका चौधरीको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भईरहेको थियो। उपचारकै क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकले बास्तोलालाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया