प्रेमिका भेट्न गएका दिनेशको मृत्यु, गाउँलेले कुटेर हत्या गरेको आशंका

काठमाडौँ– सिन्धुपाल्चोकको भोटेकोशी गाउँलिका २ मा प्रेमिका भेट्न गएका भोटेकोशी–१ कोदारीका २२ वर्षीय दिनेश विकको हत्या भएको छ।
तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीले उनलार्य गम्भिर घाईते अवस्थामा वडा नम्बर २ को भ्यु प्वइन्ट नजिकैबाट उद्धार गरेको थियो।
उपचारका लागि बाह्रविसे अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता उमाशंकरप्रसाद यादवले जनाएका छन्। घट्ना अनुशन्धानका क्रममा प्रहरीले प्रेमिका भनिएकी युवतीलाई बोलाएर सोधपुछ गरिरहेको छ।
स्थानीयले भने दिने भीरबाट लडेको बताएका छन्। तर, उनी भिरबाट लडेको जस्तो देखिने कुनै चोटपटक र निसान नभएको प्रहरीले जनाएको छ। लडेको भनिएको करिव १ सय मिटरको भीरबाट खस्दा पनि अंगभंग नहुनु वा ठूलो चोट नलाग्नुले शंका थप बलियो बनेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार मृतकको साथमा करिव १७ वर्षीय सुरेश विक पनि गएको खुलेको छ।