५० हजारका लागि डीएसपी बनेका लहानका दिपक धनुषामा पक्राउ

जनकपुर– आफुलाई डीएसपी घोषणा गरी ठगी गर्दै हिडेका सिराहाको लाहान नगरपालिका–२० निवासी ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई प्रहरीले पक्राउ गरेको छ।

साहलाई प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको हो। ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले उनलाई पक्राउ गरेको हो।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले साह विरुद्ध इलाका प्रहरी कार्यालय ढल्केवरमा जाहेरी दिएका थिए। दिपकले डीएसपी हुँ भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको श्रेष्ठले दिएको जाहेरीमा उल्लेख छ।

ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लिई साहका विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर जटशंकर यादवले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट