एक जनाले यौन प्रश्ताव अस्विकार गर्दा दुई जनाको ज्यान गयो, पहिलो भेटमै यसरी भयो हत्या

काठमाडौँ– अछामको ढकारी गाउँपालिका–८, पल्साताका दुई किशोरीको हत्या यौन प्रस्ताव अस्वीकार गर्दा भएको प्रहरीले खुलासा गरेको छ।

११ माघमा घरबाट बाख्रा चराउन गएका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको ढकारी गाउँपालिका–३, तालीका १७ र १५ वर्षका दुईजना किशोरले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ। नातामा सरस्वती फुपू र इशरा भदैनी हुन।

११ माघमा बाख्रा चराउन गएदेखि हराएका किशोरीहरु भोलिपल्ट ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए। घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका दुईजना किशोरले उनीहरुको हत्या गरेको स्विकार गरेका छन्। उनीहरुलाई प्रहरीले आईतबार पक्राउ गरेको हो।

प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु पनि पुगेका थिए। उनिहरु किशोरीहरुको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन्। उहीहरु मध्ये इशरा र १७ वर्षीय बुढा थरका किशोर (कर्ण/नाम परिवर्तन) प्रेमी–प्रेमिका रहेको खुलेको छ।

कर्ण र इशराबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो। उनीहरु टेलिफोन मार्फत नै प्रेम सम्बन्धमा परेका थिए। तर, उनीहरुको भेट भएको थिए। अछाममा माघ महिनामा विवाहित छोरीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ।

आईतबार राति तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फूपुुको घरमा पुुगेका थिए। फूपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरु शुुक्रबार बिहानै फूपुका १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए।

दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरुको भेट भयो। आरोपितहरुले जङ्गलमा मृतकसँग उपहार स्वरुप चुन्नी मागे। मृतक ईशरा र उनका प्रेमी कर्णले चुन्नी (दोपट्टा) साटे। सरस्वतीले भने चुन्नी लिन÷दिन मानिनन्। सरस्वतीले चुन्नी नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोर (अर्जुन/नाम परिवर्तन)ले यौन प्रस्ताव समेत राखेका थिए।

प्रहरीलाई दिएको बयान अनुसार प्रेम प्रस्ताव र यौन प्रश्ताव पनि अस्विकार गरेपछि अर्जुनले सरस्वतीमाथि जबरजस्ती गर्न खोजेका थिए। तर, उनले प्रतिवाद गरिन्। त्यसपछि अर्जुनले ढुंगाले हानेर सरस्वतिको निर्मम हत्या गरेको अनुसन्धान अधिकृतहरुले बताएका छन्।

सरस्वतिको हत्या हुँदासम्म इशरा र उनका प्रेमी कर्णले यो कुरा थाहा पाएका थिएनन्। सरस्वतीको हत्या भएको लुकाउन भवित्य देखाउने उदेश्यले अर्जुनले माथिबाट उनको शव भएको स्थानतिर ठूूलो ढुुंगा खसालेका थिए।

ढुुंगा खसेको आवाज आएपछि इशरा र कर्ण घटनास्थलमा पुगे। उनीहरु त्यहाँ पुग्दा सरस्वतीको शव क्षतविक्षत अवस्थामा थियो। अर्जुनले माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए। तर, इशराले पत्याइनन् र सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताइन्।

त्यसपछि भाग्ने क्रममा रहेकी ईशरालाई उनकै प्रेमी कर्णले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरस्वतिको हत्या अर्जुन एक्लैले गरेका हुन भने इशराको हत्या दुवैजनाको योजना अनुसार भएको हो।

हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट दर्जनौँ ढुंगा खसालेका छन्। एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्यो। त्यसै क्रममा कर्ण र अर्जुन पनि पक्राउ परे। उनीहरु गाउँबाट भाग्ने योजना बनाइरहेका बेला पक्राउ परेको प्रहरीले जनाएको छ।

अनुसन्धानमा सघाएका कारण पक्राउ परेका मध्ये १० वर्षीय नाबालकलाई सरकारी साक्षी बनाईएको छ भने दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुुद्दा दर्ता गरेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट