आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ— २ माघदेखि प्रहरी हिरासतमा रहेकी स्वघोषित अभियन्ता आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न भक्तपुर जिल्ला अदालतले आदेश दिइएको छ।

आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको शुक्रबारको इजलासले उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो।

यसअघि प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ माघमा १० हजार धरौटीमा रिहा गरेको थियो। धरौटी बुझाएर निस्किए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेर भक्तपुर पुर्याएको थियो।

उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पु¥याएको भन्दै नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो। तामाङले पुल तर्दा पैसा लिनु गलत भएको भन्दै टिकट जलाउनुका साथै सूचना पाटी च्यातेकी थिइन्।

भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार तामाङ धरौटी बुझाएपछि आजै रिहा हुनेछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट