लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड गोली चलायो, खुट्टामा लाग्यो गोली

काठमाडौँ– प्रहरीले विहिबार बेलुका पश्चिम नवलरासीमा गोली हानेर १ लागुऔषध (ब्राउन सुगर) कारोबारीलाई पक्राउ गरेको छ। अर्का एक ब्यक्ति फरार भएका छन्।

बेलुका करिव ८ बजे नवलपरासीको रामग्राम नगरपालिका–१२ पचगाँवाका ५२ वर्षीय राजेश लोनियाको घरमा लागू औषधको कारोवार हुँदैछ भन्ने जानकारी सहित पुगेको प्रहरीमाथि आक्रमण प्रहरीले जवाफी कार्वाहीमा गोली चलेको प्रहरीले जनाएको छ।

घर धनी लोनिया पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ। प्रहरी पुग्दा लोनीयाको घरमा दुई जना थिए। नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी नै आईलागे।

प्रहरीको साथमा रहेको पेस्तोल खोस्न लागेको र अर्का व्यक्ति भाग्न लागेपछि प्रहरीले गोली चलाएको डिएसपी बोहराले जानकारी दिए। त्यस क्रममा प्रहरीले चार राउन्ड फायर गरेको र एउटा गोली मात्रै भागिरहेका लोनियालाई लागेको थियो। अर्का व्यक्ति भने फरार भएका छन्।

प्रहरीको गोली लागेर घाइते भएका लोनियालाई प्रहरीकै गाडीमा जिल्ला अस्पताल परासी पठाइएको छ। लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर बरामद भएको पनि डिएसपी बोहराले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट