आफनी श्रीमती भगाएपछि सम्धिले गरे सम्धिको हत्या, इन्गेजमेण्ट गरेका छोराछोरी स्तब्ध

काठमाडौं– भारतको गुजारस्थित अहमदाबाद जिल्लामा आश्चर्यजनक घट्ना भएको छ। अहमदाबादस्थित विरमगाम सहरमा एक जना शिक्षकको हत्या भएको घट्ना अनुशन्धानका क्रममा प्रहरीले यो तथ्य सार्वजनिक गरेको हो।
यो घटनापछिको कारणले सबैलाई चकित बनाएको छ भने हत्याको प्रकरणले स्थानीवासी त्रासमा छन्। शिक्षक हत्या प्रकरणको सीसीटीभी फुटेज भाईरल भईरहेको छ। प्रहरीले घट्ना अनुशन्धान पूर्व नै भिडिओ भाइरल भएको थियो।
प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो र सिसिटिभी फुटेज स्क्यान गरेपछि चकित पार्ने सत्य बाहिर आयो। खासमा हत्याको कारण चै सम्धि र सम्धिनीबीचको अनौठो प्रेम सम्बन्ध भएको फेला परेको छ।
स्थानीय नरेशभाइ चावडा नामका शिक्षककी छोरी थिईन। डेढ वर्षअघि काला गोहिलका छोरासँग उनको इन्गेजमेन्ट भएको थियो। दुई परिवारबीच राम्रो सम्बन्ध बन्यो। यसै क्रममा नरेशभाई र कला गोहिलकी श्रीमती हर्षबेनबीचको मित्रता उत्कर्षमा पुग्यो। उनीहरुको मित्रता प्रेममा परिणत भयो। दुवैले संगै वस्ने निर्णय लिए।
परिवारको वेवास्ता गरी विरमगाममा कोठा भाडा लिएर उनीहरुले नयाँ घरजम सुरु गरे। यो प्रकरणले छोराछोरीको इन्गेजमेन्ट रद्द भयो। यो घट्नाले हर्षबेनका श्रीमान् काला गोहिललाई विछिप्त वनायो। उनले बदला लिने योजना बनाए।
अन्ततः, कला गोहिल र उनका दुई सहयोगीहरू अजित गोहिल र जेशाङ कटारियाले जनवरी २८ मा नरेश भाईलाई सडकमै घेरा हालेर निर्मम कुटपिट गरे। यो सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भयो। जसमा नरेशभाईलाई सडकमा लाठी र मुक्का प्रहार गरेको स्पष्ट देखिन्छ। गम्भिर घाईते अवस्थामा उनलाई अस्पताल लगियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो। प्रहरीले हत्याको मुद्दा दर्ता गरी अभियुक्तको खोजी गरिरहेको छ।