सप्तरीका मन्त्री चौधरीले आफ्नै स्कुलकी प्रिन्सिपललाई दिए राखेप बोर्डसदस्यको नियुक्ति

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा आफ्नै विद्यालयकी प्रिन्सिपल रञ्जना प्रधानलाई नियुक्ति दिएका छन्।
प्रधान सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित चौधरीकै लगानी रहेको ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल हुन। उनलाई खेल विज्ञका रूपमा भित्राइएको छ। आफ्नै स्कुलकी प्रिन्सिपललाई नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको बोर्डमा भित्र्याएका मन्त्री चौधरी राखेपको बोर्ड अध्यक्षसमेत हुन्।
मन्त्रीस्तरीय निर्णयअनुरूप नाइटिङ्गलकी प्रिन्सिपल प्रधानसँगै बिदुर ढुङ्गा राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन्। कार्यकारी समिति सात सदस्यको हुन्छ। राखेप सदस्यसचिव टंकलाल घिसिङ संयोजक रहने कार्यकारी समितिमा यसअघि मन्त्री चौधरीले नेपाली कांग्रेस निकट तथा ट्राभल्स एन्ड टुर्सका काम गर्दै आएका कमल भट्टराईलाई नियुक्त दिइसकेका छन्।