को हुन भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की दिने विष्णु ?

काठमाडौँ– भारतीय कमेडियन कपिल शर्मा र उनको परिवालाई ज्यान मार्ने धम्की आएको छ। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार इमेलमार्फत शर्मा, उनको परिवार र परिचितहरुको ज्यान मार्ने धम्की आएको हो।
इमेलपठाउने व्यक्तिले कपीलका छिमेकीहरूसम्मलाई मार्ने धम्की दिएको भारतीय मिडिया आजतकले जनाएको छ। इमेल पठाउने व्यक्तिको नाम विष्णु रहेको जनाईएको छ। यस वाहेक उनको थप जानकारी आएको छैन।
आजतकका अनुसार मुम्बईको अम्बोली प्रहरीले घट्नाको अनुसन्धान सुरु गरेको छ। तर अहिलेसम्म पनि कपिल शर्मा वा उनको परिवारले सार्वजनिक रुपमा यसको जानकारी कसैलाई गराएका छैनन्।
कपिल शर्माभन्दा पहिला पनि विभिन्न हास्य कलाकारहरुलाई ज्यान मार्ने धम्की आउने गरेको थियो। राजपाल यादव, रेमो डिसुजा र सुगंधा मिश्रालाई पनि ज्यान मार्ने धम्की आएको थियो।
प्रतिक्रिया