क्यानडामा नेपाली छात्रामाथि सामुहिक बलात्कार, बलात्कारमा संलग्न पनि नेपाली

काठमाडौँ– क्यानडामा अध्ययनरत एक नेपाली छात्रा सामुहिक बलात्कारमा परेकी छिन्। साथीसमेत रहेका नेपाली युवकले कोठामा बोलाएर उनीमाथि बलात्कार गरेका हुन। बलात्कारको आरोपमा स्थानीय प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

एनआरएनए क्यानडाका अनुसार २४ डिसेम्वरमा ती युवतीलाई नेपाली युवकले घरमा बोलाएर लट्ठ्याउने औषधी खुवाएको खुलेको छ। ७ घण्टापछि होसमा आउँदा पीडित किशोरी रगताम्मे अवस्थामा थिईन भने बेडभरी रगतै रगत थियो।

बलात्कारमा संलग्न भएको आरोपमा स्थानीय प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। तीमध्ये २ जना जमानीमा छुटेका छन्। पीडित छात्रालाई एनआरएनए क्यानडाले उद्धार गरेर राखेको महासचिव चन्दा अधिकारीले बताइन्। ‘हामीले पीडितलाई हाम्रै संरक्षणमा राखेका छौं।’

बलात्कारको आरोपित युवाका परिवारले नेपालबाट छात्रालाई मुद्दा फिर्ता लिन धम्की दिइरहेको उनले वताएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट