अख्तियारलाई हर्क साम्पाङको जवाफः विश्व चकित पार्ने श्रम क्रान्तिका नायकलाई पिचृक पिचृक मुद्दा हाल्नु हुन्न

राजविराज– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग चित्त दुखाउँदै करिव साढे ५ सय शब्द लामो जवाफ पठाएका छन्।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सोधपुछका लागि पत्र पठाएपनि उनले त्यसको जवाफ दिएका हुन। साम्पाङविरुद्ध २१ पुस ०८१ मा आयोगमा उजुरी परेको छ। उनले श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजना निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणका विषयमा अख्तियारलाई जवाफ लेखेकका छन्।

सापाङले पठाएको पत्रमा ऐनविपरीत कुनै किसिमको काम नगरिएको दाबी छ। ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रमप्रतिको सम्मान र श्रमदान अनि योगदानको इतिहास हो। बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु।’ उनले लेखेका छन्–‘जे गर्दै छन् जनताले आफ्नै खर्चले गर्दै छन्। सरकारी पैसा प्रयोग भएको छैन। दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नुहुन्न।’

साम्पाङले नेताहरुले गरेका गलत कृयाकलापको खोजि गर्न अख्तियारलाई चुनौतीपूर्ण जवाफ पठाएका छन्। उनले लेखेका छन्–‘नेताहरूले विदेश भ्रमणमा कति खाए, कार्यकर्ताले सभा सम्मेलनमा कति खाए, राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदै छ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ।’

साम्पाङले आफ्नो क्षमता चिनेर सन्सारले सम्मान गर्दा पनि सरकारले नचिनेको भन्दै दुःखमनाउको भाषा प्रयोग गरेका छन्। ‘वर्ल्ड बुक अप रेकर्डले सम्मान गर्यो। बिदेशीले हाम्रो हुनर चिन्यो तर नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको लाकै… लाको लाकै गर्छ। छक्क पर्छ।’ उनले भनेका छन्–‘यो देशमा राम्रो काम गर्नेलाई किन खेदेको विकास गर्नु अपराध हो त ? श्रमदान गर्नु र श्रमदानबाट बिकास गर्नु अपराध हो त ? ठेक्कै लाउनु पर्ने ? ठेकेदारलाइ पोशउनै पर्ने हो त ? जनतालाई श्रमदान गराएर कत्रो कत्रो काम गरिएको छ। यो किन देखि नसहेको ? मैले बुझिनँ । राज्यकोषबाट खर्च गरिएको छैन। पानीको हकमा नगरको खानेपानी नै जोड्दै गरिएको हुँदा नियमानुसार हुन्छ।’

विश्व चकित पार्ने काम आफुले गरेको भन्दै साम्पाङले आफुले आफैंलाई श्रमक्रान्तिको नायक घोषणा गरेका छन् र सरकारबाट सम्मानको दावी गरेका छन्। ‘विश्व चकित पार्ने श्रम क्रान्तिका नायकलाई राष्ट्रले सम्मान गर्नु पर्छ। यसरी पिचृक पिचृक मुद्दा र उजुरी हाल्नु हुन्न’ उनले भनेका छन्–‘राज्यकोषको अरबौं खरबौ रकम दुरुपयोग र हिनामिना हुँदा मौन रहने अख्तियारले जनता स्वस्फुर्त आएर गर्ने श्रमदान र जनता आफैले स्वईच्छाले आर्थिक सहयोग गरी गर्न लागेको श्रमदानका योजनाहरु पछि लागेको देख्दा अचम्म लाग्छ।’

यस्तो छ साम्पाङले अख्तियारलाई पठाएको जवाफ
मिति २०८१–९–२१ गते परेको उजुरी अनुसार सोधपुछ गरेको पत्र आज २०८१–९–२६ गते प्राप्त भयो । सोधपुछको लागि धन्यवाद। ऐन विपरीत कुनै किसिमको योजना नगरिएको÷भएको जानकारी गराउँदछु। श्रम संस्कृति पार्क भनेको फोहोरै फोहोर रहेको गुहेघारी बगरलाई फूलैफूल र विरुवाले भरिएर फलफूल फुलाइएको फलाइएको बगैंचाको रुपमा परिणत गरिएको पार्क हो। देशभरका श्रमदाताहरुले पसिना बगाएर, विरुवा रोपेर, ढुङ्गा बोकेर, वर्षोंसम्म श्रमदान गरेर बनाइएको पार्क हो। जहाँ युके, हङ्कङ, अमेरिका लगायतका देशहरुमा रगत पसिना बगाएर जीऊ पाल्न बाध्य भएका नेपालीहरुले अरु कसैले बाध्य नबनाई स्वइच्छाले दान गरेर आफ्नो पितृको नाममा फलैचाहरु निर्माण गरिदिएका छन। अहिले सबैको मन तान्न सफल श्रम संस्कृति पार्कले काम गर्नु पर्छ, हावामा हल्तेर हिँड्नु हुँदैन । काम गरे बजेट बिनै पनि पार्कहरु निर्माण गरी देश विकासमा योगदान दिन सकिन्छ भन्ने संदेश दिएको छ। भाषणवीर नेताहरुलाई पनि । यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र श्रमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु । जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् । सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न। नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यस तर्फ ध्यान दिनु उषित हुन्छ ।

पारुहाङ र सुम्निमाको प्रतिमा बनाउने कार्य निकट भविष्यमा शुरु हुनेछ । नेपालीहरुको प्राचीन सभ्यता, किराँतहरुको आदिम पूर्खाको प्रतिमा सहितको साँस्कृतिक सम्पदा निर्माण गरिछाड्ने हाम्रो अठोट छ। यसमा पनि एक पैसा पनि सरकारी बजेट प्रयोग भएको छैन् । जग्गा समेत नीजि जग्गा किनेर बनाउने हो। यो हाम्रो आस्थासँग पनि जोडिएको विषय भएकोले समुदाय र जनताले आफैले लागत जोहो गर्नेछन् । राज्यको कोष प्रयोग नगरिने भएको हुँदा सार्वजनिक ऐनको कुरा आकर्षित हुँदैन यहाँ। काम शुरु भएको छैन । भए पछि हेर्न आउँदा हुन्छ सबै। पशुपतिनाथ कसरी निर्माण भयो भन्ने कुरा अख्तियारले खोज्न पाउला नपाउला थाहा भएन तर राज्यको एकै पैसा पनि नलिई सुम्निमा पारुहाङको मूर्ती बनाउन लाग्छ राज्यले सम्मान गरोस् मलाई र हाम्लाई ।

रह्यो कुरा कोकाहा खानेपानी धमायोजनाको। धरानमा ५६ करोड ऋण बोकाएर ‘एडीबी’को आयोजनाले पानी खुवाउन सकेन आयोजना फेल भयो भनेर छानबीन गरिपाऊँ भनी मैले नै अभियान्ता हुँदा उजुरी लगाएँ। अख्तियारले सुनेन पत्याएन। अब आएर धरानमा पानीको दुःख नहोस भनेर निर्वाचित भए देखिनै खोला खोली जोडेर धरानेलाई पानी खुबाएको छु। त्यो देखि नसहेर खोइ कस्ले बारम्बर पिचृक पिचृक उजुरी हालिरहन्छ । श्रमदानबाट ल्याइएको पानी हो। पानी थप्ने भएकोले पानीको नियमानुसार गरिएको छ। कोकाहाको खानेपानी ल्याउँदा संसारै चकित भएर वर्ल्ड बुक अप रेकर्डले सम्मान गर्यो। बिदेशीले हाम्रो हुनर चिन्यो तर नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको लाकै… लाको लाकै गर्छ। छक्क पर्छ। यो देशमा राम्रो काम गर्नेलाई किन खेदेको विकास गर्नु अपराध हो त ? श्रमदान गर्नु र श्रमदानबाट बिकास गर्नु अपराध हो त ? ठेक्कै लाउनु पर्ने ? ठेकेदारलाइ पोशउनै पर्ने हो त ? जनतालाई श्रमदान गराएर कत्रो कत्रो काम गरिएको छ। यो किन देखि नसहेको ? मैले बुझिनँ । राज्यकोषबाट खर्च गरिएको छैन। पानीको हकमा नगरको खानेपानी नै जोड्दै गरिएको हुँदा नियमानुसार हुन्छ । विश्व चकित पार्ने श्रम क्रान्तिका नायकलाई राष्ट्रले सम्मान गर्नु पर्छ। यसरी पिचृक पिचृक मुद्दा र उजुरी हाल्नु हुन्न। राज्यकोषको अरबौं खरबौ रकम दुरुपयोग र हिनामिना हुँदा मौन रहने अख्तियारले जनता स्वस्फुर्त आएर गर्ने श्रमदान र जनता आफैले स्वईच्छाले आर्थिक सहयोग गरी गर्न लागेको श्रमदानका योजनाहरु पछि लागेको देख्दा अचम्म लाग्छ। धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट