भारतीय अभिनेत्री रश्मिका मन्दना जिम गर्ने क्रममा घाईते, ‘सिकन्दर’ को सुटिङ रोकियो

काठमाडौँ– भारतीय अभिनेत्री रश्मिका मन्दना जिम गर्ने क्रममा घाईते भएकी छिन्। फिल्म ‘पुष्पा २’ को सफलतापछि ‘सिकन्दर’को सुटिङ गरिरहेकी उनी घाईते भएपछि सुटिङका कार्यक्रम पनि रोकिएको छ।

अहिले उनी आराम गरिरहेकी छिन्। पहिले भन्दा उनको स्वास्थ्यमा धेरै सुधार आएको जनाईएको छ। तर, यही कारणले उनको आगामी प्रोजेक्टको सुटिङ केही समयका लागि रोकिएको छ। आफु छिट्टै काममा फर्किनेमा आशावादी रहेको उनले जनाएकी छिन्।

सलमान खान र रश्मिकाले जनवरी १० मा मुम्बईमा ‘सिकन्दर’ को अन्तिम चरणको छायांकन सुरु गर्ने कार्यक्रम थियो। यो फिल्म आगामी मार्चमा रिलिज गर्ने तयारी छ। जसकारण निर्माण टिम फिल्मको सम्पूर्ण काम समयतालिकामा पूरा गर्ने प्रयास गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट