कम्मरमुनिको भाग नचल्ने समस्याले थलिएका बालगायक सचिन परियारको निधन

काठमाडौँ– युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएकोथियो।

उपचारका क्रममा बिहिबार विहान १० बजे उनको निधन भएको हो। सचिनका बुबा तेजेन्द्र परियारले फेसबुक मार्फत सचिनको मृत्यु भएको जनाएका हुन।

सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो। परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन्। उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका थिए।

राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका परियार केही समय हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा पनि देखिएका थिए। केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भएका उनी पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएर चर्चामा आएका हुन।

सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। उनी भाइरल बालगायकका रुपमा परिचित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट