रविलाई थुनामा पठाउने/नपठाउने विषयमा शुक्रबारभित्र अदालतले आदेश दिन सक्ने

काठमाडौँ–मा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा थुना वाहिरै राखेर पुर्पक्ष गर्ने भन्ने विषयमा शुक्रबारसम्ममा अदालनले आदेश दिनसक्ने सम्भावना देखिएको छ।

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेसहित करिव आधा दर्जन अभियुक्तको वयान कास्की जिल्ला अदालतमा चलिरहेको छ। सम्भवतः आजै वयान सकिने र थुनछेक बहस सुरु हुने जनाईएको छ।

अदालत स्रोतका अनुसार थुनछेक बहस सकिएपछि ढिलोमा शुक्रबारभित्र आदेश आउने छ। २ कात्तिकमा काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई त्यसै राति स्थलमार्ग हुँदै पोखरा लगिएको थियो।

अहिले रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्वा चलिरहेको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बरका आधारमा जिल्ला अदालतले पुनरावेदनको मार्ग प्रशस्त गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना रहेको कानुन ब्यवसायीहरु बताउँछन्।

३ वर्षभन्दा बढि कैद सजाय हुने अभियोगमा धरौटीमा छोड्न नहुने मान्यताले पनि रविलगायतलाई संगठित अपराधमा पुर्पक्षमा पठाउने निश्चित जस्तै रहेको उनीहरुको भनाई छ। कतिपय कानुन व्यवसायीले भने रविको मुद्दालाई जिल्ला न्यायाधीश नितिज रार्ईको अग्नि परीक्षाका रुपमा लिएका छन्।

रविको मुद्दा अहिले देशकै कान्छा न्यायाधीश राईको इजलासमा चलिरहेको छ। उनी लामो समय सर्वोच्च अदालतको प्रशासनमा बसेर काम गरेका छन्। उनी अधिकृत हुँदा गोपाल पराजुलीको सचिवालयमा थिए। जानकारी अनुसार उनका बुबा पनि न्यायाधीश नै थिए। उनले ०६५ तिर अवकाश पाएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट