बैतडी केन्द्रबिन्दु बनाएर बिहानै ४.६ म्याग्निच्युडको भूकम्प
काठमाडौँ– बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प भएको छ।
बिहान ७ः५४ बजे बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ। यी भुकम्पमा खासै ठुलो क्षती भने भएको छैन।
तर, लगातार भुकम्पका कारण सर्वसाधारण त्रसित छन्।
प्रतिक्रिया