इटहरी उपमहानगरपालिका कार्यालय अगाडि फेला परेको बम आफैं पड्कियो

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि फेला परेको बम विस्फोट भएको छ। नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा बम आफैँ पड्किएको हो।

इटहरी ६ स्थित उपमहानगरपालिका गेट अगाडि प्लाष्टिकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली डिस्पोज गर्न आएको थियो। डिस्पोज गर्ने क्रमममै बम पड्किएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाका अनुसार आज बिहानै इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहको नाममा भोटेपुल, बुढीखोला र उपमहानगरपालिका अगाडि कालो झोलामा बम राखेको भन्दै म्यासेज आएको थियो।

सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिकाको कार्यालय अगाडि मात्रै भेटिएको छ। बुढी खोला पुल मुनि एउटा बोरा भेटिएको छ। बोरामा बम भए÷नभएको एकिन भएको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट