रवि र निकिताको विवाहका लागि सहकारीबाट ऋण दिएका भरत जंगम दावी अनुसारको पैसा तिरेर प्रहरीबाट छुटे

काठमाडौँ– सहकारी ठगी प्रकरणमा पक्राउ परेका साई स्वागत सहकारी संस्थाका पूर्वअध्यक्ष भरतमणि जंगम र लुमन दाहाल पैसा तिरेर मिलापत्र गरी प्रहरी हिरासतबाट रिहा भएका छन्।

पुस ७ गते पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार प्रहरीले रिहा गरेको हो। सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएपछि उनीहरू दुवै जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार जंगमले पीडित पक्षसँग मिलापत्र गरेका छन्। जंगम साई स्वाग सहकारीका तत्कालिन अध्यक्ष र दाहाल तत्कालीन कोषाध्यक्ष हुन्।

यो सहकारीमा रास्वपा सभापित रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि उपाध्यक्ष बनेकी थिइन्। उनले विवाहका समयमा साई सहकारीबाट नियम विपरित ५० लाख रुपैयाँ ऋण लिएको खुलेको थियो। ऋणका लागि लामिछानेले कुरा मिलाएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट