क्यानडामा सडक दुर्घटनामा परी २२ वर्षीया नेपाली किशोरीको मृत्यु, १ वर्षमा ३ विद्यार्थीले ज्यान गुमाए
काठमाडौँ– क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षिया सचिना श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठलाई ८ डिसेम्बरको साँझ करिव ८ बजे ट्रकले ठक्कर दिएको थियो। कुहिरो लागेको बेला सडक पार गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिईन।
दुर्घटमा घाईते भएकी उनको टाउकोमा गम्भिर चोट लागेको र मस्तिस्क सुन्निएको चिकित्सकले बताएका थिए। स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
नेपालबाट परिवारका सदस्य लण्डन पुगेपछि डिसेम्बर २६ मा उनलाई दिइएको भेन्टिलेटरको सपोर्ट हटाइएको थियो। त्यसपछि उनको मृत्यु भएको जनाईएको छ।
योसँगै सन २०२४ मा मात्रै सडक दुर्घटनामा परेर क्यानाडामा तिनजना नेपाली विद्यार्थीहरूको ज्यान गएको छ। लण्डनको अन्टारियो भन्ने स्थानमा गत फेब्रअरीमा सडक दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ७ जना गम्भिर घाइते भएका थिए।