मरेको कुखुराको मासु खाएका १५ वर्षीय बालकको मृत्यु, परिवारका ३ जना विरामी

काठमाडौँ– मरेको कुखुराको मासु खाएका अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय बालकको मृत्यु भएको छ।

मासु भएपछि बिरामी भएका कमल बिकको आइतबार मृत्यु भएको हो। उनको परिवारका अन्य तीनजना बिरामी छ। अछाम प्रहरीका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार बिकको परिवारले शुक्रबार मरेको कुखुराको मासु खाएका थिए।

स्थानीय मासु पसलबाट ल्याएको सो मासु खाएपछि बालकसहित परिवारका अन्य सदस्यमा पेट दुःख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो। सोही क्रममा बालकको आइतबार मृत्यु भएको भण्डारीले बताए।

मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता र नाति ९ वर्षीय विकास बिरामी छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। मृतकका बुबाआमा रोजगारीका क्रममा भारतमा छन्। प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट