दक्षिण कोरियामा भएको विमान दुर्घटनामा २ जनाको जिवितै उद्धार, १७९ जनाको मृत्यु (अपडेट)

काठमाडौँ– दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १८१ मध्ये २ जनाको मात्रै जिवितै उद्धार भएको छ। अन्य १७९ जनाले ज्यान गुमाएका छन्।

जिवित रहेका मध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रु छन्। दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। घाईते अवस्थामा फेला परेका उनीहरुको उपचार भइरहेको छ।

उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले जनाएका छन्। थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रनवेबाट चिप्चिएर दुर्घटना भएको थियो।

सनवेबाट चिप्तिएर बारमा ठोक्किएको विमानमा आगो लागेको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन। तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट