कतारकी राजकुमारीलाई पिछा गरेको कसुरमा उनका सवारी चालकलाई अदालतले सुनायो ३ वर्षको प्रतिवन्ध
काठमाडौँ– कतारकी राजकुमारीलाई पिच्छा गरेको र उत्पीडन गरेको अभियोगमा बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले एक व्यक्तिलाई ३ वर्षको प्रतिवन्ध लगाएको छ।
लन्डनका ४७ वर्षीय अबु सलहलाइ अदालतले यस्तो सजाय सुनाएको हो। उनी राजकुमारीका पूर्वसवारी चालक हुन। जसलाई इहाद अबुसलहले स्वीकार गरेका छन्। तर, राजकुमारी र आफुबीच गहिरो प्रेम सबन्ध रहेको उनको दावी छ।
दोहोरो प्रेमकै कारण आफुले राजकुमारीको पिछा गरेको उनले दावी गरेका छन्। अदालतमा उनले भनेका छन्–‘मलाई लाग्छ कि राजकुमारीले पनि मलाई माया गर्छिन् र हामी दुबै रोमान्टिक सम्बन्धमा छौं।’
तर, अबुसलहका वकिलका अनुसार उनी मानसिक रूपमा बिरामी थिए। यही भ्रममा परेर उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नु परेको थियो। श्रीमतीसँग सबन्धविच्छेद गरेपछि उनी थप मानसिक रूपमा विक्षिप्त छन्।
भूतपूर्व ड्राइभर इहाद अबुसलहले गत मार्च २०२४ मा राजकुमारीलाई निकै पछ्याउने मात्रै काम गरेनन्, राजकुमारीलाई उपहार र पैसाहरू पनि पठाउन सुरु गरे। समाचार अनुसार ती भूतपूर्व ड्राइभरले राजकुमारीको जन्मदिनमा ब्रासलेट र फूलहरू पठाएका थिए र उनलाई बारम्बार फोन गरेर हैरान गर्ने काम गरिरहेका थिए।
राजकुमारीका वकिलका अनुसार अबुसलहको गलत हर्कत र कार्यले धेरै समस्या पारेको छ। उनी राजकुमारीको निवास वरिपरि देखिने र कर्मचारीमार्फत राजकुमारीलाई उपहार पठाएर हैरान गरिरहेका छन। त्यसलाई रोक्ने प्रयास गर्दा पनि सम्भव भएको छैन। उनको यो कृयाकलापका कारण राजकुमारीले आफ्नो र आफ्नो परिवारको सुरक्षाको बारेमा निकै चिन्ता गरिरहेकी छिन।
अबुसलह राजकुमारीका वकिलको वहस तथा उनको बयानका आधारमा अदालतले अबु सलाहलाई दोषी ठहर गरेको हो। उनलाई १२ महिनाको सामुदायिक आदेशसँगै ३० दिनको पुनर्वास गतिविधिमा भाग लिन आदेश दिइएको छ। साथै अदालतले कम्तीमा तीन वर्षको प्रतिबन्ध आदेश जारी गरेको छ। जसमा अबुसलहलाई राजकुमारी र उनको परिवारसँग सम्पर्क गर्न र उनीहरूको घरको वरिपरि घुम्न प्रतिबन्ध लगाइएको छ।