दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

काठमाडौँ– थाइल्याण्ड राजधानी बैंककबाट गएको जेजु एयरको विमान दक्षिण कोरियामा आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको थियो। चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा हालसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

समाचार एजेन्सी योनहापले जनाए अनुसार विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएर आगो लागेको थियो। सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए। दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट