दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना (भीडीओसहित)
काठमाडौँ– दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ।
थाइल्याण्डको बैंककबाट फर्किएको ‘जेजु’ विमान ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।
त्यसपछि विमानमा आगो लागेको थियो। दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ। सामाजिक सञ्जालमा दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ, जसमा विमान विस्फोट भएको देख्न सकिन्छ।
BREAKING: Video shows crash of Jeju Air Flight 2216 in South Korea. 181 people on board pic.twitter.com/9rQUC0Yxt8
— BNO News (@BNONews) December 29, 2024
प्रतिक्रिया