सर्लाहीमा रूखबाट लडेर वृद्धको मृत्यु
जनकपुर – सर्लाहीमा रुखबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ।
बागमती नगरपालिका–२ धरहरामा आज बिहान रूखबाट लडेर स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको मृत्यु भएको हो।
रूखबाट लडेका उनलाई उपचारका लागि हरिवनस्थित नमुना अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जनाईएको छ।
प्रतिक्रिया