प्रहरी जवानले आफैंमाथि हाने गोली, टाउकोमा गोली लागेर कार्यकक्षमै ढलेका जवानको उपचार हुँदै

काठमाडौँ– कञ्चनपुरमा एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा कार्यरत करिव २१ वर्षीय चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफ्नै टाउकोमा गोली हानेका हुन।

जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा पेस्तोलबाट टाउकोमा गोली हानेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। गोली चल्दा शाखामा उनी एक्लै थिए।

गोली चलेको आवाज आएपछि हेर्न जाँदा टाउकोबाट रगत बगिरहेको अवस्था उद्धार गरी उपचारमा पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले न्यौपाने बताए। सुरुमा उनलाई उपचारका लागि महाकाली अस्पताल पु¥याइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पु¥याइएको डीएसपी जोशीले बताए। न्यौपानेले आफैंमाथि गोली चलाउनुको कारण खुलेको छैन।

यसअघि, १३ मंसिरमा अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज सई किसनबहादुर चन्दले पनि आफैंलाई गोली हानेका थिए। उनले मादक पदार्थ सेवन गरी अन्य दुई प्रहरीलाई सँगै राखेर ‘मलाई अमिताभ बच्चनको जस्तै एक्सन गर्न आउँछ’ भन्दै आफैंमाथि पेस्तोल ताकेका थिए। त्यसै वेला गोली चलेर उनी घाईते भएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।

विगतमा पनि उनले विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको पाईएको छ। घटना भएको दिन पनि चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेको पाईएको छ। सईले पेस्तोल ताकेपछि हवल्दार गगनले भागेर ज्यान बचाएका थिए। त्यसपछि उनले आफैमाथि गोली प्रहार गरेको अनुशन्धानका क्रममा खुलेको छ।

नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत चन्दको जागिर खोस्न छानविन समितिले सिफारिस गरेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट