गिटी बोकेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

काठमाडौँ– गुल्मीको सत्यवती गाउँपालिका–२ पाहादी स्थित कालिगण्डकी करिडोरमा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर राति करिव साढे १० बजे सडकबाट करिव २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर भुपेन्द्र थापाका अनुसार घाईते कुमालको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारका क्रममा मृत भएको हो।

दुर्घटनामा सहचालक सल्यानको बनगाड गाउँपालिका–७ का २३ वर्षीय मोहन जैसी घाइते भएका छन्। उनको टाउको र आँखी भौमा चोट लागेको छ। घाइते जैसीको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट